३० चैत्र २०८१, शनिबार | Sun Apr 13 2025


लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्ट– डा.भट्टराई


0
Shares

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले लोकतन्त्रमा न्यायालयमाथि प्रश्न उठ्नु अनिष्टको संकेत भएको टिप्पणी गर्नुभएको छ ।

प्रतिनिधिसभाको बैठकपछि बाहिरिने क्रममा सञ्चारकर्मीसँग कुरा गर्दै अध्यक्ष भट्टराईले यस्तो बताउनुभएको हो । उहाँले न्यायायपालिकामा गम्भीर रोग देखिएकाले न्यायपालिकाले नै यसको उपचार गर्नुपर्ने बताउनुभयो ।

अध्यक्ष भट्टराईले न्यायाधीश नियुक्तिदेखि सबै प्रक्रिया त्रुटिपूर्ण रहेको भन्दै भागबण्डामा चल्ने कामले न्यायालयको प्रतिष्ठामा आघात पुगेको तर्क गर्नुभयो ।

उहाँले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले संसद पुनः स्थापना नै गलत भनिरहनु पानी धमिल्याएर माछा मार्ने कोशिस मात्रै भएको आरोप लगाउनुभयो ।