
जनकपुरधाम । प्रदेश–२ को प्रदेश सभामा रहेका विभिन्न विषयगत समितिहरू निस्क्रिय देखिएका छन् ।
कतिपय समिति सभापतिविहीन छन् । केहीको नियमित बैठकसमेत हुन सकेको छैन । प्रदेशसभा गतिशील नबन्दा झनै क्रियाशील बन्नु पर्ने समितिका काम ठप्प प्राय छन् ।
प्रदेश–२ मा अर्थ तथा योजना, विकास, कृषि तथा भूमि व्यवस्था, महिला बालबालिका तथा समाजिक न्याय, प्राकृतिक श्रोत तथा वातावरण र सार्वजनिक लेखा समिति छन् । तीमध्ये सार्वजनिक लेखा, कृषि समिति तथा प्राकतिक श्रोत समिति सभापतिविहीन छन् ।
विषयगत समितिको निर्वाचनको क्रममा तत्कालिन नेकपाको भागमा परेको सार्वजनिक लेखा समितिको सभापति चयनका लागि पार्टीमा विवाद भएको थियो । प्रदेश सभा सचिवालयका सचिव रञ्जित यादवले विभिन्न समितिमा रहेका नौवटा विधेयक अलपत्र परेको जानकारी दिनुभयो ।
प्रदेश सभाको बैठक नै स्थगित रहेकाले यसको असर विषय गत समितिमा पनि देखिएको छ ।
प्रतिक्रिया दिनुहोस्