
काठमाडौं । नेपाल वायु सेवा निगमका नवनियुक्त कार्यकारी अध्यक्ष युवराज अधिकारीले अस्वाभाविक रूपमा वृद्धि गराइएको कार्यकारी प्रमुखको तलब आफूले नलिने घोषणा गर्नुभएको छ ।
निगममा भएको स्वागत कार्यक्रममा उहाँले विगत १ सय २४ दिन देखि भइरहेको कर्मचारी ट्रेड युनियनको संयुक्त संघर्ष समितिको ४ वटा बुँदागत माग सम्बोधन गर्दै उक्त निर्णय गर्नुभएको हो ।
अधिकारीले विदेशस्थित कर्मचारीको कटौती भएको तलबभत्ता कटौती नगर्ने पनि बताउनुभयो । भविष्यमा हुने ठूला र दीर्घकालिन निर्णय सबै सरोकारवाला निकाय र कर्मचारी वर्गको आपसी सुझबुझको आधारमा गरिने उहाँको प्रतिवद्धता छ ।
प्रतिक्रिया दिनुहोस्