
एजेन्सी । विश्वकप टी–ट्वान्टी क्रिकेटमा अष्ट्रेलियाले लगातार दोस्रो जित निकालेको छ । पहिलो खेलमा दक्षिण अफ्रिकालाई हराएको अष्ट्रेलियाले गएराति भएको दोस्रो खेलमा श्रीलंकामाथि ७ विकेटको जित निकाल्यो ।
दुबईमा टस हारेर पहिले व्याटिङ गरेको श्रीलंकाले २० ओभरमा ६ विकेट गुमाएर १ सय ५४ रन बनायो । जवाफमा १ सय ५५ रनको लक्ष्य अष्ट्रेलियाले १७ ओभरमा ३ विकेट गुमाएर पुरा ग¥यो । उसका लागि डेभिड वार्नरले ६५ रन बनाए ।
जितसँगै अष्ट्रेलियाले समूहको शिर्ष स्थानमा रहेको इंग्ल्याण्डसँग अंक बराबरी गरेको छ । दुबै टोलीले दुई खेलबाट ४–४ अंक जोडेका छन् । अष्ट्रेलियाले अब तेस्रो खेलमा शनिवार इंग्ल्याण्डको सामना गर्नेछ ।
यो खेलमा एक टोलीको शत प्रतिशत जितको यात्रा टुंगिने निश्चित छ । विश्वकप टी–ट्वान्टी क्रिकेटमा आज दुई खेल हुनेछन् । दिउसो पौने ४ बजे सारजहाँमा बंगलादेशले वेष्ट इंडीजसँग खेल्दा वेलुकी पौने ८ बजे दुबइमा अफ्गानिस्तान र पाकिस्तान भिड्नेछन् ।
प्रतिक्रिया दिनुहोस्