
तस्बिर फाइल
काठमाडौं । प्रधानमन्त्री देउवाले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी गृहमन्त्री बालकृष्ण खाणलाई दिनु भएको छ ।
एक साताका लागि बेलायतमा भ्रमणमा निस्कनु भएका प्रधानमन्त्री देउवाले सो अवधिका लागि गृहमन्त्री खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी सुम्पनु भएको हो ।
विहीबार साँझ प्रधानमन्त्री देउवाले खाणलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवार दिएको पत्र राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष पठाउनु भएको थियो ।
राष्ट्रपति भण्डारीले प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य संविधान बमोजिम प्रधानमन्त्रीको सिफारिसमा गृहमन्त्री खाणले सम्हाले गरी खाँडलाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोक्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्