१६ फाल्गुन २०८१, शुक्रबार | Sat Mar 1 2025


अवलोकन भ्रमणका लागि राष्ट्रपति भण्डारी शनिबार ढोरपाटन जाने


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी अवलोकन भ्रमणका लागि शनिबार ढोरपाटन जानुहुने भएको छ ।

राष्ट्रपति भण्डारी अवलोकन भ्रमणका लागि ढोरपाटन आउन लागेको बाग्लुङका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिनुभयो ।

राष्ट्रपतिको भ्रमणलाई लक्षित गरी सुरक्षा र व्यवस्थापकीय प्रबन्ध चुस्त पारिएको छ । प्रजिअको नेतृत्वमा सुरक्षा प्रमुखलगायत सरकारी निकायका पदाधिकारी आजै ढोरपाटन पुगेका छन् ।

ढोरपाटन देशकै एकमात्र शिकार आरक्ष रहेको क्षेत्र हो । शिकार पर्यटनका लागि विश्वकै प्रख्यात ढोरपाटनमा अहिले शिकारको याम चलिरहेको छ ।