१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपतिद्वारा संसद अधिवेशन अन्त्य


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसदको दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषद्ले शुक्रबार रातिदेखि दुवै सदनको अधिवेशन अन्त्य गर्न सिफारिस गरेअनुसार राष्ट्रपति भण्डारीले दुवै सदनको अधिवेशन अन्त्य गर्नुभएको हो ।

अधिवेशन अन्त्यसँगै कात्तिक २९ गते तोकिएको प्रनिनिधिसभाको बैठक र अर्को सूचनाद्वारा तोकिने भनिएको राष्ट्रियसभाको बैठक पनि स्थगित भएको छ ।

लामो समयदेखि संसद चले पनि प्रमुख विपक्षी दल नेकपा (एमाले)को अवरोध र विरोधका कारण बैठकले सोचअनुरुप कार्य गर्न सकिरहेको थिएन ।

संसदको अहिलेको अधिवेशनमा केपी शर्मा ओली सरकारले अध्यादेशबाट ल्याएको बजेटलाई विधेयक ल्याएर संसदबाट पास गरिएको थियो ।