२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


पाकिस्तानको ह्याट्रिक जीत, समूह २ को शिर्ष स्थानमा


0
Shares

एजेन्सी । पाकिस्तानले आईसीसी टी–ट्वान्टी विश्वकप क्रिकेटमा लगातार तेस्रो जित निकालेको छ । हिजो राती दुबईमा भएको खेलमा अफगानिस्तानलाई ५ विकेटले पराजित गर्दै पाकिस्तानले ह्याट्रिक जित निकालेको हो ।

शुरुमा ब्याटिङ गरेको अफगानिस्तानले दिएको १ सय ४८ रनको लक्ष्य पाकिस्तानले १८ ओभर ६ बलमा ५ विकेट गुमाएर पूरा गर्यो । पाकिस्तानको जितमा कप्तान बाबर आजमले ५१ रनको योगदान गरेका थिए । यस्तै आसिफ अलीले ७ बलमा २५ रन बनाए ।

उनले एकै ओभरमा ४ छक्का प्रहार गरेका थिए । यस्तै फखर जमानले २० रन जोडे भने सोयब मलिकले १९ रन जोड्दा मोहमद हाफिजले १० रन बनाए ।

अफगानिस्तानका राशिद खानले दुई विकेट लिए भने मुजिब उर् रहमान, नभिन उल हक र मोहमद नाबीले १/१ विकेट लिए । तेस्रो जितसँगै समूह २ को पाकिस्तानले ३ खेलमा ६ अंक जोड्दै शिर्ष स्थानमा रहेको छ ।