
काठमाडौं । नेपाल भलिबल संघले बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन पुरुष तथा महिला भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको छ ।
आउदो डिसेम्बर २१ देखि २९ सम्म बंगलादेशको ढाकामा आयोजना हुने एसियाली सेन्ट्रल जोन भलिबल प्रतियोगितामा सहभागिता जनाउने भएको हो ।
संघले २०२१ मा प्रतियोगिता आयोजना गर्न सफल भएकोमा एसियाली केन्द्रीय क्षेत्र र बंगलादेश भलिबल महासंघलाई धन्यवाद समेत ज्ञापन गरेको छ । २०१९ देखि २०२० सम्म कोरोनाका कारण एशियाली सि जेड क्यालेन्डर पनि प्रभावित भएको थियो।
संघले पुरुष तथा महिला राष्ट्रिय टोलीको प्रशिक्षण छिट्टै सुरु गर्ने जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्