१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


संसदका दुबै सदनका अधिवेशन अन्त्य


0
Shares

काठमाडौं । संघीय संसदका दुबै सदनका अधिवेशन अन्त्य भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभाका चालू अधिवेशन गएराति १२ बजदेखि अन्त्य गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा ९३ को उपधारा (२) बमोजिम मन्त्रिपरिषद्को यही कात्तिक ११ गतेको सिफारिसअनुसार शुक्रबार चालू अधिवेशन अन्त्य गर्नुभएको हो ।

यही कात्तिक २९ गते सोमबारका लागि तोकिएको प्रतिनिधिसभाको बैठक र गत असोज २५ गते बसेको राष्ट्रियसभाको बैठक अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको थियो । शुक्रबार रातिदेखि दुवै सदन अन्त्य भएको छ ।