
काठमाडौं । सिस्नेखोला–नागढुङ्गा सुरुङ मार्गमा काम गर्ने एक मजदुरको दुर्घटनामा मृत्यु भएको छ ।
बिहीबार राति सुरुङभित्रको माटो बाहिर ल्याउने सवारी साधनले ठक्कर दिएर धादिङको धुनीबेसी नगरपालिका–९ कानाकोट बस्ने २८ वर्षीय ओमकृष्ण पाण्डेको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
दुर्घटनामा घाइते भएका उनको उपचारका लागि काठमाडौंको ट्रमा सेन्टर ल्याउने क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी जागेश्वर भण्डारीले बताउनुभयो ।
मृतक परिवारलाई उचित क्षतिपूर्ति दिलाउन पीडित पक्ष, निर्माण कम्पनी र प्रहरीबीच सुरुङमार्ग स्थलमै वार्ता भइरहेको प्रहरीले जानकारी दिएको छ ।
मृतक पाण्डेको निर्माण कम्पनीले बीमा गरेकाले सोहीअनुसार मृतका परिवारलाई क्षतिपूर्ति दिने कम्पनीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्