४ बैशाख २०८२, बिहिबार | Thu Apr 17 2025

अन्जु र आरसीको स्वरमा ‘चौबन्दी’ सार्वजनिक, भिडियोमा बिना र रोहित


0
Shares

काठमाडौं । गायिका अन्जु पन्त र गायक आरसी रिमालको ‘चौबन्दी’ बोलको गीत सार्वजनिक भएको छ ।

शुक्रबार काठमाडौंमा एक कार्यक्रमको आयोजना गर्दै संगीतकार शम्भुजित बाँस्कोटाले गीत सार्वजनिक गर्नुभयो ।

गीत रोहित के थापा युट्युब च्यानलबाट हेर्न सकिन्छ ।

गीतम गीतकार मोहन थापाको शब्द, रिमालको संगीत, साहस शाक्यको संगीत संयोजन रहेको छ ।

गीतको भिडियोमा नवराज उप्रेतीको छायांकन, प्रवीण भट्टको सम्पादन, निर्देशक मौसम हिमालीको कोरियोग्राफी तथा निर्देशन रहेको छ ।

म्युजिक भिडियोमा मोडल बिना राउतलाई रोहितकुमार थापाले साथ दिएका छन् ।