
सर्लाही । भारतको उत्तरप्रदेशको कोल्ड स्टोरेजमा काम गर्न गएका जिल्लाका तीन जनाको शंस्कास्पद मृत्यु भएको छ ।
मृत्यु हुनेमा चन्द्रनगर गाउँपालिका–६ का ३९ वर्षीय जगदिश माझी, २९ वर्षीय नन्दलाल माझी र ईश्वरपुर नगरपालिका–३ का ४० वर्षीय सुमन भुजेल रहेका छन् ।
घरेलु मदिरा सेवनका कारण उनीहरूको मृत्यु भएको हुनसक्ने आशंका गरिएको छ । यद्यपि तथ्य भने पत्ता लाग्न सकेको छैन ।
तीन जनाको मत्यु भएपछि नेपाल फर्किएर आएका सोही कोल्ड स्टोरेजमा काम गर्ने पाँच जना बेहोस भएका छन् । उनीहरूको सर्लाहीमै उपचार भइरहेको छ ।
घटना बारे सत्यतथ्य पत्ता लगाउन चन्द्रनगर गाउँपालिका– ६ का वडा अध्यक्ष रामचन्द्र कापरले सरकारसँग आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया दिनुहोस्