
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५ हजार ३ सय १६ पीसीआर परीक्षणमा २ सय ९७ जना र २ हजार ५ सय ९५ एन्टिजेन परीक्षणमा ७५ जना गरी ३ सय ७२ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण ११ जनाको मृत्यु भएको छ । यसै अवधिमा ९ सय ११ जना संक्रमणमुक्त भएका छन् ।
हाल देशभर कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या ९ हजार ५ सय २६ जना रहेका छन् ।
पछिल्लो २४ घण्टामा काठमाडौंमा १ सय ३, ललितपुरमा ४५, झापामा २२, भक्तपुरमा २०, चितवनमा १८ र रुपन्देहीमा १२ जना संक्रमित भेटिएका छन् ।
प्रतिक्रिया दिनुहोस्