
काठमाडौं । मौलिक रियालिटी शो ‘दोहोरी च्याम्पियन’को उपाधि प्रकाश पराजुली र मीना बुढाथोकीले जितेका छन् ।
पोखरामा भएको प्रतियोगिताको फिनालेमा बालचन्द्र बराल र शोभा कार्कीको जोडीलाई भोटिङमा पराजित गर्दै प्रकाश र मीनाले उपाधि जितेका हुन् ।
‘दोहोरी च्याम्पियन’ बनेका प्रकाश र मीनाले २० लाख रुपैयाँ र एक करोड बराबरको जीवन बीमा प्राप्त गरेका छन् । दोस्रो हुने समूहले १० लाख रुपैयाँको साथमा ५० लाख रुपैयाँ बराबरको जीवन बीमा पाएका छन् ।
प्रतियोगिताको तेस्रो स्थान सविन आचार्य र रिता रावतको जोडीले हात पार्दा मिना नेपाल र राजेन्द्र पाठकले सान्त्वना पुरस्कार पाएका छन् । तृतीय हुने समूहले तीन लाख र सान्त्वना हुने समूहले दुई लाख रुपैयाँ प्राप्त गरेका छन् ।
प्रतियोगिताको ग्राण्ड फिनालेको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले शुभारम्भ गर्नुभएको थियो ।
प्रतिक्रिया दिनुहोस्