१७ फाल्गुन २०८१, शनिबार | Sat Mar 1 2025


सुनसान बन्दिपुरमा आन्तरिक पर्यटकको चहलपहल बढ्दै


0
Shares

तनहुँ । केहि दिन देखि मौसम परिवर्तन सँगै तनहुँको बन्दीपुरमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै आएको छ । कोभिडका कारण सुनसान बनेको बन्दीपुरमा पर्यटकको आगमन बढ्न थालेको छ ।

पर्यटकिय क्षेत्र मध्ये पोखरापछिको दोस्रो ठुलो पर्यटकीय क्षेत्रको रुपमा परिचित बन्दीपुरमा घुम्न आउने पर्यटकको संख्या दिनहुँ बढेपछि होटेलहरु पनि भरिभराउ भएका छन् ।

सुनसान बन्दीपुरमा दैनिक डेढ दुई सयको हाराहारीमा पर्यटक आउने गरेको बन्दीपुरका होटल व्यवसायिले बताएका छन् । दशै र तिहारको समय भएकाले पनि मानिसहरु यतिखेर बन्दीपुर घुम्न आउने गर्दछन् । पर्यटकको आगमन बढे सँगै होटल व्यवसायहरुले पनि धेरै पछि व्यापार व्यवसाय फस्टाएको छ ।