
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले विदेशी नागरिकता लिईसकेका नेपालीहरुलाई मताधिकार दिन नसकिने स्पष्ट पार्नु भएको छ ।
शनिबार गैरआवासीय नेपाली संघ यूकेले लण्डनस्थित नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री देउवाले विदेशी नागरिकता लिइसकेकाहरुलाई मताधिकार दिन संविधान नै बद्ल्नुपर्ने भन्दै तत्काल त्यसो गर्न संभव नभएको बताउनुभयो ।
उहाँले नेपालमा वैदेशिक लगानी भित्र्याउन के के सुविधा दिनुपर्छ त्यो गर्न आफू तयार रहेको भन्दै विदेशी नागरिकता बोकेर नेपाल राजनीति गर्न भने नआउन सुझाव दिनुभयो ।
भूतपूर्व गोर्खा सैनिक समस्या समाधान गर्न सरकारले सक्दो पहल गर्ने पनि उहाँले आश्वासन दिनुभयो । बेलायतमा बस्ने नेपालीहरुले भने आफूहरुले बेलायतमा कमाएको पैसा नेपालमा उच्च ब्याजमा राख्ने र आवश्यकता अनुसार लैजान पाउने वातावरण बनाउन माग गरेका थिए।
प्रधानमन्त्री देउवा आज अपरान्हदेखि स्कटल्याण्डको ग्लास्गो शहरमा शुरु हुने जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलनमा सहभागी हुने कार्यक्रम रहेको छ ।
प्रतिक्रिया दिनुहोस्