२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास


0
Shares

सिन्धुली । बेमौसमी बर्षाका कारण धान उत्पादन कम भएपछि सिन्धुलीका किसानहरु निरास भएका छन् ।

कोरोना भाइरसको लकडाउनका कारण राम्रो बिउ, मलखाद र प्राविधिक सरसल्लाह नपाएका किसान बेमौसमी वर्षाले धान थन्क्याउने बेला क्षति पुर्याएपछि निराश बनेका हुन।

धानबालीमै निर्भर किसानलाई यस बर्ष धानको उत्पादनले नधान्ने अवस्था आएको उनीहरुले बताएका छन् । सिन्धुली जिल्लामा सावित्री, रामविलास, मकवानपुर–१, खुमललगायत जातका धान लगाउने गरिएको छ ।

सिन्धुलीान प्रति हेक्टर ३ मेट्रिक टन धान उत्पान हुने गर्दछ । यसवर्ष सिन्धुलीमा ४९ हजार ९ सय २२ मेट्रिकटन धान बाली उत्पादन गर्ने लक्ष्य राखिए पनि वेमौसमी बर्षाका कारण उत्पादन घट्ने देखिएको छ ।