१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुग्लिङ–पोखरा सडक विस्तारका लागि रुख काट्न सुरु


0
Shares

काठमाडौं । पृथ्वी राजमार्ग अन्तर्गत मुग्लिङ–पोखरा सडकखण्ड चार लेन विस्तारका लागि रुख काट्न सुरु गरिएको छ । बन्दीपूर गाउँपालिका–५ याम्पाफाँट वरिपरिका रुख काट्न थालिएको हाे ।

सडक विस्तारका लागि तनहुँ खण्डमा छ हजार ५० रुख काट्नु पर्ने र उक्त रुख काट्न वन विभागबाट स्वीकृति पाइसकेको डिभिजन वन कार्यालयका प्रमुख कोमलराज काफ्लेले बताउनुभयाे ।

सडक आयोजनाले रुख काटेर वन कार्यालयलाई बुझाउनु पर्ने काफ्लेकाे भनाइ छ । मुग्लिङ–पोखरा चार लेन सडक योजनाका लागि चालु आर्थिक वर्षमा सङ्घीय सरकारले चार अर्ब ४३ करोड ४३ लाख चार हजार बजेट विनियोजन गरेकाे थियो ।