१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


राष्ट्रपति भण्डारी लुम्विनी भ्रमणमा


0
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले आज भैरहवास्थित गौतम वुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा स्थापना गरिएको भगवान वुद्धको मूर्तिको अनावरण गर्नुहुने भएको छ ।

आज विहान नेपाली सेनाको हेलिकप्टरबा भैरहवा पुग्नुभएकी राष्ट्रपति भण्डारीले वुद्ध जन्मस्थल लुम्बिनीमा पूजाआजा पनि गर्नुभएको छ । त्यस क्रममा उहाँले बज्रयान विहारको अवलोकन गर्नुका साथै लुम्बिनी गुरुयोजनाका बारेमा पनि जानकारी लिनुभएको थियो ।

राष्ट्रपति भण्डारीसंगै गृहमन्त्री बालकृष्ण खाँड र संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आले पनि गएका छन् । लुम्बिनीको कार्यक्रम सकिएपछि राष्ट्रपतिले भैरहवा विमानस्थलमा वुद्धमूर्ति अनावरण गर्ने कार्यक्रम छ ।

ह्वाइट जेड धातुबाट बनेको साढे २ अर्ब रुपैयाँ मूल्य पर्ने उक्त मूतिृ बर्मामा बनाइएको हो । लुम्बिनी गार्डेन फाउण्डेशनले स्पेन हुदै उक्त मूर्ति नेपाललाई दिएको हो ।