२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


विश्वकप क्रिकेटमा भारतमाथि न्युजिल्याण्डको सानदार जित


0
Shares

एजेन्सी । विश्वकप टी–ट्वेन्टी क्रिकेटमा भारतले लगातार दोस्रो हार वेहोरेको छ । युएईको दुबइमा गएराति भएको खेलमा भारतलाई न्युजिल्याण्डले ८ विकेटले हराएको हो ।

खेलमा टस हारेर पहिले व्याटिङको निम्तो पाएको भारतले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय १० रन मात्र बनाउन सक्यो । उसका लागि रबिन्द्र जडेजाले अविजित २६ रन जोड्नुबाहेक अन्य कुनैपनि ब्याट्सम्यानले सम्झनलायक प्रदर्शन गर्न सकेनन् ।

बलीङतर्फ न्यूजिल्याण्डका ट्रेन्ट बोल्टले तीन विकेट लिए । जवाफमा १ सय ११ रनको सामान्य लक्ष्य न्यूजिल्याण्डले १४ ओभर ३ बलमा २ विकेट गुमाएर पूरा ग¥यो । न्युजिल्याण्डको जितमा ड्यारिल मिचेलको ४९ रन तथा केन विलियाम्सनको अविजित ३३ रन महत्वपूर्ण रहयो ।

यो हारसँगै भारतको सेमफिाइनलमा पुग्ने सम्भावना कमजोर भएको छ । समुहमा ३ खेलबाट ६ अंक जोडेको पाकिस्तान शिर्ष स्थानमा रहँदा ४ अंकसहित अफ्गनिस्तान दोस्रो स्थानमा छ ।

हिजोको खेलमा अफ्गानिस्तानले नामिबियालाई ६२ रनले हरायो । यसैगरी २ खेलबाट २ अंक जोडेका न्युजिल्याण्ड र नामिबीया क्रमशः तेस्रो तथा चौथो स्थानमा रहँदा अंकबिहिन भारत र स्कटल्याण्ड पुछारमा रहेका छन् । विश्वकप टी ट्वेन्टी क्रिकेटमा आज इंग्ल्याण्ड र श्रीलंका भिड्नेछन् । यो खेल जितेको खण्डमा इंग्ल्याण्ड प्रतियोगिताको सेमिफाइनलमा पुग्नेछ ।