१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


इथियोपियाको कम्बोल्चा शहर विद्रोहीको नियन्त्रणमा


0
Shares

एजेन्सी । अफ्रिकी मुलुक इथियोपियामा विद्रोही समूह टिग्रेले अम्हारा क्षेत्रको अर्को रणनीतिक शहर कब्जामा लिएका छन् । लडाकूहरुले कम्बोल्चा शहर र विमानस्थल कब्जामा लिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।

टिग्र पिपुल्स लिबरेसन फ्रन्ट (टीपीएलएफ) का प्रवक्ता गेटचेउ रेडाले उक्त शहर र विमानस्थल कब्जामा लिएको दावी गरेका छन् । कम्बोल्चा शहर कब्जामा लिएसँगै इथियोपियाली सेना र यसका सहयोगीविरुद्ध रणनीतिक लाभ हुने विद्रोहीले दावी गरेको छ ।

राजधानी अदिस अबाबाबाट करिब ३८० किलोमिटरको दूरीमा रहेको सो शहरमा विद्रोहीले गत जुलाइदेखि नै नियन्त्रणको प्रयास गरेको बताइएको छ ।

विद्रोहीका गतिविधिका कारण अप्रिकामा सबैभन्दा बढी जनसंख्या भएका मुलुकमध्ये दोस्रो राष्ट्रलाई थप अस्थिरतातर्फ लैजाने भन्दै अन्तर्राष्ट्रिय समुदायले चिन्ता व्यक्त गरेका छन् ।

राजधानी बिबूतीको बन्दरगाहसँग जोड्न राजमार्ग विद्रोहीले नियन्त्रणमा लिएसँगै प्रधानमन्त्री अबी अहमदले नागरिकलाई विद्रोहीविरुद्धको लडाइमा सामेल हुन अपीलसमेत गर्नुभएको छ । सो क्षेत्रमा विद्रोही र सरकारी सेनाबीच भिडन्त जारी रहेको पनि बताइएको छ।