३ चैत्र २०८१, आइतबार | Sun Mar 16 2025


प्रधानमन्त्रीले आज कोप २६ सम्मेलनमा संबाेधन गर्ने, भोलि भारतीय समकक्षीसँग भेटवार्ता हुने


0
Shares

काठमाडौं । जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्रसंघीय सम्मेलन (कोप–२६) मा सहभागि हुन प्रधानमन्त्री शेरबहादुर देउवा गएराति स्कटल्याण्डको ग्लासगो पुगनुभएको छ ।

प्रधानमन्त्री देउवा लण्डनबाट स्कटल्याण्डको इडिनवर्ग हुँदै ग्लास्गो पुग्नुभएको हो । देउवाले आज वर्ल्ड लिडर समिटमा भाग लिनुहुनेछ । स्थानीय समयानुसार आज दिउँसो सम्मेलनको उद्घाटन हुँदैछ ।

देउवाले आजै सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । साथै उहाँले विभिन्न विशिष्ट व्यक्तिसँग भेटवार्तासमेत गर्नुहुनेछ । भ्रमणका क्रममा देउावाले भोलि बिहान भारतीय समकक्षी नरेन्द्र मोदीसँग द्विपक्षीय भेटवार्ता गर्नुहुनेछ ।

भोलि नैं उहाँले श्रीलङ्काका राष्ट्रपतिसँग पनि भेटवार्ता गर्ने तय भएको छ । अक्टोबर ३१ देखि ग्लास्गोमा सुरु भएको कोप–२६ सम्मेलन नोभेम्बर १२ तारिखसम्म चल्नेछ ।