
काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी केही दिनयता आन्तरिक भ्रमणमा व्यस्त हुनुभएको छ । शनिबार राष्ट्रपति भण्डारी ढोरपाटन क्षेत्र र मुक्तिनाथ मन्दिर जानुभएको थियो ।
हिजो लुम्बिनीमा आयोजित कार्यक्रममा राष्ट्रपति सहभागी हुनुभयो । यस्तै राष्ट्रपति भण्डारी आज मनाङ जाने कार्यक्रम रहेको छ । अवलोकन भ्रमणका लागि उहाँ मनाङ जान लाग्नुभएको हो ।
मनाङका प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यले राष्ट्रपति भण्डारी आज बिहान काठमाडौंबाट हेलिकोप्टरमार्फत मनाङ आउने बताउनभयो ।
मनाङमा उहाँले सांसद पाल्देन छोपाङ गुरुङको एग्रो मनाङ प्रालि स्याउ फार्मलगायतको अवलोकन भ्रमण गर्ने प्रजिअ आचार्यले जानकारी दिनुभयो ।
यस्तै गत असारको वर्षाबाट मनाङका केही क्षेत्रमा भएको क्षति र सो बाढी प्रभावित क्षेत्रको पनि भण्डारीले अवलोकन गर्ने कार्यक्रम छ । जलवायु परिवर्तनका कारण हिमाली जिल्लामा देखापरेका समस्या र अवस्थाका बारेमा पनि राष्ट्रपति भण्डारीले जानकारी लिने बताइएको छ।
प्रतिक्रिया दिनुहोस्