१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


जी–२० देशका नेताहरू ग्लोबल वार्मिङलाई सीमित राख्न सहमत


0
Shares

एजेन्सी । जी–२० देशका नेताहरूले जलवायु परिवर्तनको बारेमा प्रतिवद्धता मात्रै जाहेर गरेका छन् ।

कर्पोरेट करसम्बन्धी विषयमा ऐतिहासिक काम गरेका नेताहरुले जलवायु परिवर्तनमा भने खासै उल्लेख्य निर्णय गर्न सकेनन् ।

विश्वका समृद्ध अर्थतन्त्र भएका १९ मुलुक तथा युरोपेली युनियन मिलेर बनेको जि–२० समूहले विश्वको कार्बन उत्सर्जनको ८० प्रतिशत हिस्सा ओगट्छ ।

समूहका नेताहरू ‘अर्थपूर्ण र प्रभावकारी कार्यहरू’ गर्दै ग्लोबल वार्मिङलाई सीमित गर्ने प्रयासहरू जारी राख्न सहमत भएका छन् ।

इटालीको रोममा भएको जी–२० सम्मेलनले केही ठोस प्रतिवद्धता जाहेर गरेपनि अभियान्ताहरुलाई सन्तुष्ट बनाउन भने सकेन । जी–२० को प्रतिवद्धता पर्याप्त नभएको उनीहरूको गुनासो छ ।