
काठमाडौं । कर्णाली प्रदेश सरकारका तीन जना मन्त्री आज पदमुक्त हुने भएका छन् ।
प्रदेशसभा सदस्य नरहेका नेकपा एकीकृत समाजवादीका भौतिक पूर्वाधार मन्त्री अम्मरबहादुर थापा, उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा र भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री कुर्मराज शाहीको पद आज सकिन लागेको हो ।
सांसद पदमा निर्वाचित नरहेको व्यक्ति ६ महिना भन्दा बढी मन्त्री बन्न नपाउने कानुनी व्यवस्था अनुसार कर्णाली प्रदेसमा आज तीन जना मन्त्री पदमुक्त हुन लागेका हुन् ।
पार्टीको निर्णयविपरीत मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई फ्लोर क्रस गरी विश्वासको मत दिएपछि तत्कालीन पाटी एमालेले कारवाही गरी तीन जनालाई गत वैशाख ४ गते सांसदबाट हटाएको थियो ।
वैशाख २ गते फ्लोर क्रस गरेका उहाँहरुलाई मुख्यमन्त्री शाहीले मन्त्रीमा नियुक्त गर्नुभएको थियो । कर्णालीमा मुख्यमन्त्रीसहित आठ सदस्यीय मन्त्रिपरिषद छ ।
तीन मन्त्री स्वतः पदमुक्त भएपछि केही दिनभित्रमै मन्त्रिपरिषद् पनर्गठन हुने नेताहरुले बताएक्का छन् । आफ्नो पार्टीका तीन मन्त्री पदमुक्त भएसँगै सो ठाउँमा आफ्नै पार्टीका तीन जनालाई पठाउने एकीकृत समाजवादी कर्णाली प्रदेशले निर्णय गरेको छ । हिजो बसेको प्रदेश कमिटीको बैठकले सो निर्णय गरेको हो ।
प्रतिक्रिया दिनुहोस्