१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


मुख्यमन्त्री पाण्डेले कात्तिक २२ गते विश्वासको मत लिने


0
Shares

काठमाडौं । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले आगामी कात्तिक २२ गते संसदबाट विश्वासको मत लिने हुनुभएको छ ।

गत कात्तिक ११ गते गठबन्धनको तर्फबाट ५९ जना सांसदको समर्थनमा प्रदेशको तेस्रो मुख्यमन्त्रीको रुपमा नियुक्त हुनुभएका पाण्डेले २२ गतेको प्रदेशसभा बैठकबाट विश्वासको मत लिने तयारी गर्नुभएको हो ।

मुख्यमन्त्री पाण्डेको विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता भइसकेको प्रदेशसभा सचिवालयले जनाएको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको समर्थनमा नेकपा (एकीकृत समाजवादी)को समर्थनमा मुख्यमन्त्री नियुक्त हुनुभएका पाण्डेले सरकारको नेतृत्व गरेको ३० दिन भित्र संसदबाट विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था रहेको छ ।

सोही अनुसार मुख्यमन्त्री पाण्डेले मन्त्रिपरिषद्बाट निर्णय गराइ विश्वासको मत सम्बन्धी प्रस्ताव संसद् सचिवालयमा दर्ता गराउनुभएको हो ।