
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एमाले अध्यक्ष केपी शर्मा ओली गणतन्त्र उल्ट्याउन लागि परेको आरोप लगाउनुभएको छ ।
सोमबार कीर्तिपुरमा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बौल्दै उहाँले यस्तो आरोप लगाउनुभएको हो । माओवादी शिथिल हुँदा, कार्यव्यस्ततामा हुँदा प्रतिगमनकारी शक्तिले गणतन्त्र नै सक्न लागिपरेको अध्यक्ष दाहालको आरोप छ ।
एमाले अध्यक्ष ओलीले केही दिनअघि पूर्वराजा ज्ञानेन्द्रका मानिससँग भेटेर आफूलाई पहिल्यैदेखि गणतन्त्र मन नपरेको र मौका मिले उल्ट्याइदिने बताएको उहाँको आरोप छ ।
आफ्नो पार्टीले धेरै राम्रा काम गरे पनि बिक्री गर्न नजानेकाले लोकप्रियता घटेको अध्यक्ष दाहालले बताउनुभयो । माओवादीलाई पुनः नेतृत्व दिलाउन अब नेता कार्यकर्ताहरू जनताको घरदैलोमा गएर काम गर्नुपर्ने उहाँको भनाइ छ ।
अध्यक्ष दाहालले फेरि विघटनवादका विरुद्ध लड्न तयार रहेको बताउँदै नयाँ जनयुद्धका लागि हतियार बोकेर नभइ जनतालाई साथमा लिएर संघर्ष गर्न माओवादी तयार रहेको बताउनुभयो ।
प्रतिक्रिया दिनुहोस्