१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कानुन बनाउँदैनौं– मुख्यमन्त्री पोखरेल


0
Shares

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रेस स्वतन्त्रताप्रति प्रदेश सरकार प्रतिवद्ध रहेको बताउनुभएको छ ।

नेपाल पत्रकार महासंघ कास्कीद्वारा पोखरामा विजयादशमी, दिपावली, छठ लगायतका पर्वका अवसरमा आयोजित शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रममा बोल्दै मुख्यमन्त्री पोखरेलले प्रेस स्वतन्त्रतालाई अङ्कुश लगाउने कुरामा सरकार जान नसक्ने बताउनुभयो ।

पूर्ण प्रेस स्वतन्त्रता संविधानमा नै उल्लेख भएको बताउँदै उहाँले प्रदेशमा बन्ने कुनै पनि ऐन तथा कानुन पत्रकारका विरुद्धमा हुन नसक्ने उल्लेख गर्नुभयो ।

उहाँले अगाडीको सरकारले गण्डकी ‘आमसञ्चार विधेयक’ संसदमा टेवुल गरेको भए पनि पत्रकारको सुझाव अनुसार विधेयक सरकारले पास गर्ने आश्वासन समेत दिनुभयो ।

सरकारका कामकारबाही एवम् गतिविधिका सम्बन्धमा प्रेस जगतबाट तथ्यगत समारचाको अपेक्षा गरिएको बताउँदै मुख्यमन्त्री पोखरेलले आफूले तारिफ नचाहेको पनि स्पष्ट पार्नुभयो ।