१५ फाल्गुन २०८१, बिहिबार | Fri Feb 28 2025


राष्ट्रिय क्रिकेट टीमको मुख्य प्रशिक्षक बन्न ६० जनाका इच्छा


0
Shares

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षक बन्न ६० जनाले इच्छा देखाएका छन् ।

नेपाल क्रिकेट संघ (क्यान)ले खोलेको विज्ञापनमा अन्तिम म्याद आइतबारसम्म ६० जनाले आवेदन दिएको क्यानले जनाएको छ । आवेदकहरूमध्येबाट सर्ट लिस्ट गरी अन्तरवार्ताको लागि बोलाइने क्यानको भनाइ छ ।

डेभ व्हाटमोरले राजीनामा दिएपछि नेपालको मुख्य प्रशिक्षक पद खाली छ । गएको डिसेम्बर महिनामा एक वर्षको लागि भनेर अनुबन्ध भएका व्हाटमोरले बिचैमा नेपाली टिम छोडेका थिए ।