
मिरा बस्नेत
काठमाडौं । न्यायाधीशहरूको छलफलले आजबाट बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने भएका छन् ।
प्रधानन्यायाधीशसँगको छलफलपछि छुट्टै छलफलमा जुटेका न्यायाधीशहरूले बन्दी प्रत्यक्षीकरणको मुद्दा मात्र हेर्ने निर्णय गरेका हुन् । उनीहरूले अन्य मुद्दा भने नहेर्ने भएका छन् ।
निर्णयसँगै आदेश र सुनुवाइका लागि न्यायाधीशहरू इजलासमा गइसकेका छन् । केही मुद्दामा आदेश जारी भइसकेका छन् भने केहीको मुद्दा सुनुवाइको क्रममा रहेको छ ।
यद्यपि प्रधानन्यायाधीश राणाले आफूलाईसमेत इजलास तोकेमा भने बन्दी प्रत्यक्षीकरण मुद्दासमेत नहेर्ने निर्णय भएको एक न्यायाधीशले जानकारी दिनुभयो ।
प्रतिक्रिया दिनुहोस्