२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


टी–ट्वान्टी क्रिकेटमा नेपालको वरीयता सुधार


0
Shares

काठमाडौं । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) को टी–ट्वान्टी वरीयतामा नेपाल एक स्थानमा माथि उक्लिएको छ ।

आईसीसीले सोमबार सार्वजनिक गरेको वरीयता अनुसार नेपाल एक स्थान उक्लिदै १३औं स्थानमा पुगेको हो । यसअघि आईसीसीले सार्वजनिक गरेको वरीयतामा नेपाल १४ औ स्थानमा थियो ।

वरीयतामा इंग्ल्यान्ड पहिलो, पाकिस्तान दोस्रो र भारत तेस्रो स्थानमा रहेका छन् । नेपालभन्दा पछि स्कटल्याण्ड, नामिबिया, यूएई, ओमान, नेदरल्याण्ड र पपुवा न्यूगिनी रहेका छन् ।