१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


बारको विरोध जारी, प्रधानन्यायाधीशको राजीनामा एकमात्र माग


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको राजीनामा माग गर्दै नेपाल बार एशोसिएशनले आज पनि विरोध प्रदर्शन गरेको छ ।

प्रधानन्यायाधीश राणाको राजीनामाको माग गर्दै आइतबारदेखि आन्दोलनमा उत्रिएका न्यायाधीश, अधिवक्ता, वरिष्ठ अधिवक्ता, वकीलहरूले सोमबार पनि विरोध प्रदर्शन जारी राखेका हुन् ।

प्रदर्शनमा वरिष्ठ अधिवक्ता तथा पूर्व सभामुख दमननाथ ढुंगानाले सम्पूर्ण कानून व्यवसायीहरूको दबावलाई प्रधानन्यायाधीशले कुनै न कुनै हिसावले निकास दिनुपर्ने बताउनुभयो । उहाँले राजनीतिक दलहरू अदालतको स्वतन्त्रतामाथि हस्तक्षेप गर्न मिल्दैन भन्दै पन्छिएको आरोप लगाउनुभयो ।

नेपाल बार एशोसिएशनकी उपाध्यक्ष रक्षा बस्यालले प्रधानन्यायाधीशले आफ्नो इजलाशमा पेशी नराख्नु राम्रो शुरुवात भएको बताउनुभयो । उहाँले बारले प्रधानन्यायाधीशको राजीनामा मागिसकेकोले अब पछि नहट्ने बताउनुभयो ।

उपाध्यक्ष बस्यालले प्रधानन्यायाधीशले राजीनामा दिएपछि न्यायपालिकाको सुधारका निम्ति बारले बनाएका एजेण्डाहरू लिएर न्यायपालिकालाई सुधार्न लागि पर्ने बताउनुभयो ।