१२ बैशाख २०८२, शुक्रबार | Fri Apr 25 2025


प्रधानन्यायाधीश जबराको राजीनामा माग्दै नेपाल बार आज पनि विरोधमा


0
Shares

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै आज पनि नेपाल बार एशोसिएसनले सर्वाेच्च अदालतमा विरोध प्रदर्शन गरेको छ।

प्रधानन्यायाधीश जबरालाई राजीनामा दिन दिएको पाँच दिने अल्टिमेटमको आज अन्तिम दिन बार एशोसिएसनले विरोध प्रदर्शन गरेको हाे ।

गत आइतबारदेखि विराेध प्रर्दशन गर्दै आएका कानुन व्यवसायीहरुले हातमा कालोपट्टी बाँधेर सर्वोच्च अदालत परिसरमा धर्ना दिएका हुन्।

प्रधानन्यायाधीश जबराले विकृति, विसंगति, भ्रष्टाचार रोक्न नसकेको र न्यायपालिकाको स्वच्छता, गरिमा कायम राख्न नसकेको भन्दै नेपाल बार एशोसिएसनले उहाँको राजीनामा माग्दै विरोधका कार्यक्रम घोषणा गर्ने कानुन व्यवसायीले बताएका छन् ।

प्रधानन्यायाधीश जबराले भने कसैले माग्दै राजीनामा नदिने अडान राख्दै आउनु भएको छ ।