
काठमाडौं । सोलुखुम्बुको खुम्बु क्षेत्रमा पर्ने खाङ्तेका हिमाल आरोहणमा गएका तीन फ्रान्सेली नागरिक बेपत्ता भएका छन् । उनीहरु ६ दिनदेखि बेपत्ता छन् ।
बेपत्ता हुनेमा थोमस, गाब्रियल र लुइस छन् । आठ जनाको समूहमा होलिडे हिमालय ट्रेक्स एण्ड एक्सपिडिसनबाट गत असोज १८ गते खाङतेका हिमाल आरोहणका लागि गएका उनीहरु कात्तिक ९ गतेदेखि सम्पर्कविहीन भएका हुन ।
बेपत्ता पर्यटकको खोजीका लागि हिजोदेखि हेलिकोप्टर प्रयोग गरिएको छ । उनीहरुको समूहमा रहेका पाँच जना भने सम्पर्कमा आएको आरोहण संयोजन गरिरहेको एक्सपिडिसनले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्