
तेह्रथुम । मध्यपहाडी लोकमार्ग अन्तर्गत तेह्रथु्मको फेदाप र मयाङ्लुङ जोड्ने खोरुङवा खोलामा निमार्णाधीन पक्की पुल ५ वर्षमा पनि पूरा हुन सकेको छैन ।
२०७३ सालमा निर्माण सम्झौता भए पनि सप्तकोसी जलाधार निर्माण कम्पनीको लापरबाहीका कारण पुल बन्न नसकेको हो । पक्की पुल नबन्दा सवारीसाधन काठको झोलुङ्गे पुलबाट जोखिमपूर्ण ओहोरदोहोर गर्न बाध्य छन् ।
२०७४ साल पुसमा पुलन सम्पन्न गर्ने गरी ४ करोड ९६ लाख ९१ हजार रुपैयाँमा सम्झौता भएको थियो ।
प्रतिक्रिया दिनुहोस्