१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


तनहुँका कैदीबन्दीहरुलाई मुढा बेच्न भ्याइनभ्याइ


26
Shares

उपेन्द्र खनाल

तनहुँ । जिल्ला कारागार तनहुँका कैदीबन्दीलाई यतिखेर मुढा बिक्री गर्न भ्याइनभ्याइ छ । चाडपर्वको समयमा कारागारका कैदीबन्दीले बनाएका मुढा किन्न व्यापारी र सर्वसाधारणको भीड हुने गरेको छ ।

विभिन्न मुद्दामा कैद सजाय भोगिरहेका कैदीबन्दीहरु आफूले जानेको सिपको सदुपयोग गर्दै आइरहेका छ्न । उनीहरु कारागार भित्रै मुढा बनाएर समय व्यतित गरिरहेका हुन्छन् ।

अहिले चाडपर्बको अवसर पारेर उनीहरुले मुढा बिक्री गरिरहेका छन् । भिमाद, खैरेनी, दमौलि लगायतका स्थानिय बजारमा मात्र नभै पोखरादेखि पनि मुढा खरिद गर्न ब्यापारिहरु कारागार आउने गरेकाछन । मुढा राम्रो र बलियो हुने भएकाले ब्यवसायी र सर्वसाधारण मुद्दा किन्न कारागार पुग्ने गरेका छन् ।

प्रति मुढा तीन सयमा बेच्ने कैदीबन्दीहरुले पर्वको बेला घरमा खर्च समेत पठाउने गरेका छन् भने कतिपयले आफ्नै खर्चको जोहो गर्ने गर्दछन् । शीपको सदुपयोग गर्दा मासिक सातआठ हजार रुपैयाँसम्म आम्दानी हुने कैदीबन्दीहरु बताउँछन् । तनहुँ कारागारका दुई वटा व्लकमा गरी ९० जनाले मुढा बुन्दै आइरहेको कारागारका निमित्त जेलर नारायण अधिकारीले बताउनुभयो ।

मुढा बुन्ने कच्चा पदार्थका लागि कारागारले नै सहजीकरण गर्दै आएको छ । परिश्रम गरेमा कारागारमै बसेर पनि सामान्य आम्दानी गर्न सकिन्छ भन्ने यी कैदीबन्दीले देखाएका छन् ।