१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश २ मा प्रादेशिक प्रयोगशाला विस्तार


0
Shares

काठमाडौं । प्रदेश २ मा रहेको प्रादेशिक प्रयोगशालालाई बिस्तार गरिएको छ । विगतमा कोभिडको मात्रै जाँच हुँदै आएको प्रयोशालामा सर्ने र नसर्ने रोगहरुको जाँचको आवश्यक उपकरणहरु खरिद गरी प्रयोगशाला बिस्तार गरिएको हो ।

निजी प्रयोगशालमा जाने उपभोक्तालाई महँगो शुल्क तिर्नुपर्ने बाध्यता रहेको थियो । तर प्रदेश सरकारको आर्थिक सहयोगमा प्रयोगशालामा उपकरणहरु थप गर्दै जाँचको दायरालाई समेत फराकिलो बनाएपछि निजी प्रयोगशालामा महंगो रकम तिर्नुपर्ने बाध्यता हटेको हो ।

समाजिक विकासमन्त्री नवलकिसोर साहले प्रदेश सरकारले स्वास्थ्य क्षेत्रमा चाहेर पनि विकास गर्न नसकेको बताउनुभयो । उहाँले कोरोना लगायतका विविध कारण यसको बाधक बनेको बताउनुभयो । उहाँले प्रयोगशालामा उपकरण थपिएसँगै जनताको स्वास्थ्य जाँचमा सहजता आउने बताउनुभयो ।

प्रयोगशालाका निर्देशक श्रवण मिश्रले प्रयोगशालामा धेरै प्रकारको जाँच हुने र यसबाट जनतालाई धेरै सहयोग पुग्ने बताउनुभयो ।उहाँले जनता प्रयोगशाला जाँचकै लागि भएपछि अन्यत्र जानुपर्ने बाध्यता रहेको थियो ।

उनीहरुको लागि पैसा र समय दुबै वचत हुने बताउनुभयो । उहाँले आफू प्रदेश सरकार र स्थानिय पालिका स्तर सम्ममा यसको दायरा बिस्तारमा लागेको बताउँदै दायरा बिस्तार भएसँगै सेवा प्रवाह हुने बताउनुभयो ।