१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त, तीन बजे सपथ


0
Shares

काठमाडौं । प्रदेश १ को मुख्यमन्त्रीमा राजेन्द्रकुमार राई नियुक्त हुनुभएको छ ।

पाँच दलीय गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी)का सचिव एवं प्रदेश सभा संसदीय दलका नेता राईलाई प्रदेश प्रमुख सोमनाथ अधिकारीले मुख्यमन्त्री नियुक्त गर्नुभएको हो ।

यसअघिका मुख्यमन्त्री भीम आचार्यले सोमबार राजीनामा दिएपछि प्रदेश प्रमुख अधिकारीले राईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्री राईको शपथ आजै दिउँसो ३ बजे हुने भएको छ ।

राईले कांग्रेसबाट एक, माओवादी केन्द्रबाट एक, एकीकृत समाजवादीबाट एक र जनता समाजवादी पार्टीबाट एक जनालाई मन्त्री बनाउने बताइएको छ ।