२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


राष्ट्र बैंकको टक्सार महाशाखामा असर्फी किन्नेको भीड


0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको बबरमहलस्थित मुद्रा व्यवस्थापन विभागअन्तर्गत टक्सार महाशाखामा असर्फी किन्नेको भीड लागेको छ ।

तिहारमा बिक्रीका लागि महाशाखाले आह्वान गरेपछि मंगलबार सुन र चाँदीको असर्फी किन्नेहरूको भीड लागेको हो । असर्फी किन्नका लागि महाशाखाले कोटा निर्धारण गरेको हुन्छ ।

कोटाभन्दा बढि मानिसहरूको घुईँचो भएपछि सुनको असर्फी नपाउने भइयो भन्दै मानिसहरू निराश देखिएका छन् । कोटेश्वरबाट असर्फी किन्न बबरमहल गएका निरज पौडेलले सुनकाे असर्फी किन्न चाहे पनि नपाएको र चाँदीको भने पाउने आशमा रहेको बताउनुभयो ।

टक्सार विभागले गणेश र लक्ष्मीको फोटो अंकित असर्फी तयार गरेको छ । पाँच ग्राम असर्फीको मूल्य ४० हजार ४ सय ३८ रुपैयाँ र २ दशमलव ५ ग्राम असर्फीको मूल्य २० हजार २ सय १९ निर्धारण गरिएको टक्सार महाशाखाले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।

नेपालमा सिक्का उत्पादन गर्न छाडे पनि टक्सार महाशाखाले दशैं र तिहारको अवसर पारेर असर्फी र चाँदीको सिक्का बनाउने गरेको छ ।