२६ फाल्गुन २०८१, सोमबार | Tue Mar 11 2025


बैतडीमा एमालेको पालिका अधिवेशन सर्वसम्मत


0
Shares

बैतडी । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दशौं महाधिवेशन अन्र्तगत बैतडीका सबै स्थानीय तहमा अधिवेशन सम्पन्न भएको छ ।

छ गाउँपालिका र चार नगरपालिका रहेको जिल्लाका सबै स्थानीय तहमा सर्वसम्मत रूपमा नयाँ नेतृत्व चयन भएको एमाले बैतडीका सचिव तथा प्रदेशसभा सदस्य लिलाधर भट्टले जानकारी दिनुभयो ।

यसअघि जिल्लाका ८४ वटै वडामा पनि सर्वसम्मत रूपमै नेतृत्व चयन गरिएको थियो । अब केही दिनमै प्रदेशसभा निर्वाचन क्षेत्र, प्रनिनिधिसभा निर्वाचन क्षेत्र र जिल्ला अधिवेशन हुने भट्टले बताउनुभयो ।

एमालेको दशौं महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।