
काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् (राखेप)को सदस्य सचिवमा विष्णुकुमार ढकाल नियुक्त हुनुभएको छ ।
युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराजको अध्यक्षतामा बसेको मन्त्रीस्तरीय बैठकले ढकाललाई सदस्य सचिवको जिम्मेवारी तोकिएको मन्त्रालयका प्रवक्ता डा. कमलप्रसाद पोखरेलले जानकारी दिनुभयो ।
यसअघि केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको सदस्य सचिव रमेशकुमार सिलवाललाई स्पष्टिकरण सोध्दै सरकारले बर्खास्त गरेको थियो ।
प्रतिक्रिया दिनुहोस्