२७ फाल्गुन २०८१, मंगलबार | Tue Mar 11 2025


प्रचण्डले चाहेको कुरुक्षेत्रलाई मैले शान्ति क्षेत्र बनाउँछु– अध्यक्ष ओली


0
Shares

चितवन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले चितवनलाई कुरुक्षेत्र नभइ धार्मिक क्षेत्र बनाउने बताउनुभएको छ ।

चितवनको माडीमा मंगलबार एमालेले आयोजना गरेको कार्यक्रममा अध्यक्ष ओलीले चितवनलाई धार्मिक शान्ति क्षेत्र बनाउने बताउनुभयो ।

केही दिनअघि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवन कुरुक्षेत्र बन्दैछ भनेर दिएको अभिव्यक्तिप्रति लक्षित गर्दै उहाँले राम सीताको जन्मस्थानलाई आफूले शान्ति क्षेत्र बनाउने बताउनुभयो ।

राम जन्मिएको ठाउँ माडी नै रहेको दावी गर्दै अध्यक्ष ओलीले वाल्मिकी आश्रम, त्रिवेणी लगायतका क्षेत्रसमेत रहेकाले अयोध्याधाम बन्नेमा कुनै आशंका नगर्न आग्रह गर्नुभयो ।