
काठमाडौं । काठमाडौं जिल्लामा राति ९ बजेसम्म मात्र देउसी–भैलो खेल्न पाइने भएको छ ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले मंगलबार विज्ञप्ति जारी गर्दै सभ्य एवं शान्तिपूर्ण रूपमा राति ९ बजेसम्म देउसी–भैलो खेल्न पाइने जनाएको हो ।
प्रशासनले कोभिड–१९ संक्रमण हुन नदिन स्वास्थ्य मापदण्ड पालना गर्दै देउसी खेल्न सूचना जारी गरेको हो ।
पटका, आतसवाजीजस्ता विस्फोटक एवं प्रज्वलनशील पदार्थ उत्पादन, ओसारपोसार, विक्री वितरण तथा प्रयोग नगर्न समेत प्रशासनले निर्देशन दिएको छ ।
प्रतिक्रिया दिनुहोस्