१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


टी–ट्वान्टी विश्वकपमा दक्षिण अफ्रिकाको लगातार तेस्रो जित


0
Shares

काठमाडौं । टी–ट्वान्टी विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको छ ।

अबुधावीमा भएको समूह ‘१’को खेलमा बंगलादेशलाई ६ विकेटले पराजित गर्दै दक्षिण अफ्रिकाले लगातार तेस्रो जित निकालेको हो । बंगलादेशले दिएको ८५ रनको लक्ष्य उसले १३ दशमलव ३ ओभरमा ४ विकेट गुमाएर भेट्टाएको हो ।

उसका लागि कप्तान तेम्बा बभूमाले नटआउट ३१, राशीभान्डेर डुसानले २२ र क्विन्टन डिककले १६ रन बनाए । बंगलादेशका टक्सिन अहमदले २ तथा महेदी हसन र नसुम अहमलले समान १–१ विकेट लिए ।

त्यसअघि टस हारेर ब्याटिङमा तानिएको बंगलादेशले १८ दशमलव २ ओभरमा सबै विकेट गुमाएर ८४ रन बनायो । उसका लागि मेहदी हसनले २७, लिन्टन दासले २४ र समिम हुसेनले ११ रन बनाए । दक्षिण अफ्रिकाका कागिसो रबाडा, एन्रिच नोर्टजेले समान तीन–तीन विकेट लिए ।

तीन खेलमा जित निकालेसँगै दक्षिण अफ्रिका अंकतालिकाको दोस्रो स्थानमा रहेको छ । उसले यसअघि श्रीलंका र वेस्ट इन्डिजलाई पराजित गरेको थियो भने अस्ट्रेलियासँग पराजित भएको थियो । चार खेलमा सबै खेल जितेको इंग्ल्याण्ड ८ अंकसहित शीर्ष स्थानमा छ ।