२८ फाल्गुन २०८१, बुधबार | Wed Mar 12 2025


प्रधानमन्त्री देउवा र श्रीलंकाका राष्ट्रपति राजापाक्षेबीच भेटवार्ता


0
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवा र श्रीलंकाका राष्ट्रपति गोटाबाया राजापाक्षेबीच भेटवार्ता भएको छ ।

ग्लास्कोमा भएको कोप–२६ सम्मेलनमा दुई शीर्ष नेताको भेटवार्ता भएको हो । भेटमा दुई देशको मित्रता र आपसी सहयोगको विषयमा कुरा भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

उहाँहरुबीच जलवायु परिवर्तनको असरले नेपाल र श्रीलंकालाई पार्ने प्रभावको सन्दर्भमा पनि छलफल भएको बताइएको छ ।