
एजेन्सी । अमेरिकी राष्ट्रपति जो बाइडेनले चीन र रुसको आलोचना गरेका छन् । बेलायतको ग्लास्गोमा जारी जलवायु सम्मेलनमा सहभागी नभएको भन्दै राष्ट्रपति बाइडेनले चीन र रुसको कडा आलोचना गरेका हुन् ।
सम्मेलनलाई सम्बोधन गर्दै राष्ट्रपति बाइडेनले चीन र रुसका राष्ट्रप्रमुख सहभागी नभएको भन्दै आलोचना गरेका हुन् । उनले जलवायु परिवर्ततको मुद्दा विश्वव्यापी चासोको विषय रहेपनि चीन र रुसले त्यसलाई प्राथमिकतामा नराखेको टिप्पणी गरे ।
विश्वमा सबैभन्दा बढी कार्बन उत्सर्जन गर्ने मुलुक चीन रहेको भन्दै बाइडेनले दुवै मुलुकले आफ्ना प्रतिनिधि मात्र सम्मेलनमा पठाएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । यही नोभेम्बर १४ सम्म चल्ने सम्मेलनमा १२० भन्दा बढी मुलुकका नेताहरु उपस्थित भएका छन् ।
चीनपछि कार्बन उत्सर्जन गर्ने मुलुकमा अमेरिका र रुस युरोपियन युनियनपछि पाँचौ नम्बरमा भारत रहेको छ । सम्मेलनमा विश्वका नेताहरुले यसअघि नै सन् २०३० सम्ममा वन विनास अन्त्य गर्ने घोषणा गरिसकेका छन् ।
प्रतिक्रिया दिनुहोस्