१६ फाल्गुन २०८१, शुक्रबार | Fri Feb 28 2025


हिमाली भेगमा हल्का हिमपातकाे सम्भावना


0
Shares

काठमाडौं । नेपालमा उल्लेखनीय मौसम प्रणाली छैन । देशको पहाडी तथा हिमाली भू-भागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहेको जल तथा माैसम विज्ञान विभगाकाे माैसम पूर्वानुमान महाशाखाले जनाएकाे छ ।

महाशाखाकाअनुसार आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहने छ। कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

त्यस्तै, राती देशको पहाडी भू-भागमा आंशिक बदली रहने छ भने बाँकी भू-भागमा सामान्यतया सफा रहने छ । प्रदेश १ र गण्डकी प्रदेशका हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ ।

सुदुरपश्चिम, कर्णाली , गण्डकी प्रदेश र प्रदेश १ का उच्च पहाडी तथा हिमाली भू-भागका एक वा दुई स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुराेध गरेकाे छ ।