
काठमाडौं । कर्णाली प्रदेश सरकारको नयाँ मुख्यमन्त्री जीवनबहादुर शाहीले पद तथा गोपनीयताको सपथ लिनु भएको छ ।
गए राति प्रदेश प्रमुख गोविन्दप्रसाद कलौनीले शाहीलाई पद तथा गोपनीयताको सपथ गराउनु भएको हो । नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) सहितको गठबन्धनको समर्थनमा शाही मुख्यमन्त्री बन्नुु भएको हो ।
नेपाली कांग्रसका शाहीले १६ महिना प्रदेश सरकारको नेतृत्व गर्नु हुनेछ । गठबन्धनभित्र मन्त्रालय बाँडफाँटको टुंगो लागेपछि मन्त्रिपरिषद् विस्तार गर्ने जनाइएको छ ।
गठबन्धनमा आलोपालो सरकार चलाउने सम्झौता बमोजिम छोटो समयका लागि उहाँ मुख्यमन्त्री बन्नुभएको हो । यसअघि मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले सोमबार पदबाट राजीनामा दिएसँगै उहाँलाई मुख्यमन्त्री बन्ने बाटो खुलेको थियो ।
गत वैशाख ३ मा विश्वासको मत लिँदै गर्दा भएको सहमति अनुसार महेन्द्रबहादुर शाहीले उहाँलाई सहज रूपमा सत्ता हस्तान्तरण गर्नु भएको हो ।
प्रतिक्रिया दिनुहोस्