१५ फाल्गुन २०८१, बिहिबार | Thu Feb 27 2025


धादिङमा मिनिट्रक दुर्घटना दुई जनाको मृत्यु, सात जना घाइते


0
Shares

काठामडौं । धादिङको धुनिबेसी नगरपालिका–१ मा मिनिट्रक दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन् ।

मृत्यु हुनेमा ५२ वर्षीया साइली तामाङ र ५५ वर्षीय रुमाल तामाङको मृत्यु भएको हो । गम्भीर घाइते भएका दुवै जनाको उपचारका क्रममा काठमाडौंको स्वयम्भूस्थित मनमोहन अस्पतालमा मृत्यु भएको हो ।

अन्य घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ । धादिङको कोल्पुबाट ककरेतर्फ जाँदै गरेको बा ४ ख ५८४८ नम्बरको मिनिट्रक अनियन्त्रित भएर पल्टिएको थियो ।